म्युचुअल फन्डमा देखियो तीव्र आकर्षण, ३१ अंकले नेप्से घट्दा २ अर्ब १५ करोडको कारोबार
मङ्गलबार, ३० साउन २०८०, १५ : १९
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से ३१.८० अंकले घट्दै २ हजार ४५.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले बढेको बजारमा आज दोब्बर अंकले नै घट्न पुगेको हो ।
उसो त आज कारोबार रकम समेत घटेर २ अर्ब १५ करोड ७३ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन १४ अंकले बढेको बजारमा ३ अर्ब १ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्डो प्रो समूहको उपसूचक ४.२६ प्रतिशतले घट्न पुगेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.३१ प्रतिशतले, फाइनान्स समूह २.२४ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक २.१५ प्रतिशतले घटेको छ ।
तर, यता आज म्युचुअल फन्डतर्फको उपसूचक भने २८.९० प्रतिशतले नै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण