बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले गर्‍यो कर्णाली प्रदेशसभा बैठक अवरुद्ध,  नागरिक उड्डयन प्राधिकरणको निर्णय सच्याउनुपर्ने माग

मङ्गलबार, ३० साउन २०८०, १६ : ०७
मङ्गलबार, ३० साउन २०८०

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठक एमालेले अवरुद्ध गरेको हो ।

एमालेले  नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णाली वासीले भोग्नुपरेको पीडा र समसामयिक जनजीविकाको सन्दर्भमा प्रदेश सरकारले ध्यान नदिएको भन्दै संसद् अवरुद्ध गरेको छ ।  एमाले प्रमुख सचेतक टेकराज पछाईले नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता गर्न प्रदेश सरकारले संघीय सरकारलाई दबाब दिनुपर्ने बताए ।  

प्राधिकरणको  उक्त निर्णयले हुम्लाको सिमिकोट विमानस्थलमा जहाज पर्खँदै गर्दा ६ महिने बालक इमरान सुनार, ७ महिने रोहित शाही, साढे १ वर्षे आरेन परियार र ५ महिनाका सन्देश लुहारको मृत्यु भएको एमालेले बताएको छ । 

प्रमुख सचेतक पछाईले जनताको ज्यान गएपनि सरकारको ध्यान नदिएको भन्दै संसद् बैठक अगाडि बढ्न नसक्ने बताए । सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि एमालेले अवरोध जारी राखेको थियो । 

एमाले संसदीय दलका नेता यामलाल कँडेलले आक्रोशित हुँदै सरकारले जवाफ दिनेगरी उपस्थित हुनुपर्ने बताए ।

प्राधिकरणले विमानस्थल तालिका अर्थात ‘अपरेसन आवर’ का कारणले नागरिकले दुख पाएको उनले बताए । एमालेले प्रतिपक्षले निरन्तर आवाज उठाउँदा पनि मुख्यमन्त्री राजकुमार शर्मा बैठकमा अनुपस्थित रहने र जवाफ नदिएको बताएको छ ।  

एमालेले रोस्टम घेराउ गरेपछि सभामुख नन्दा गुरुङले साउन ३२ गते बिहीबार दिउँसो तीन बजेसम्मका लागि संसद् बैठक स्थगित गरेकी छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप