नेयमार साउदी क्लब अल–हिलालसँग अनुबन्ध, कति पाउने छन् रकम ?
रियाद । ब्राजिलियन फरवार्ड नेयमार फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेर साउदी प्रो–लिग क्लब अल–हिलालसँग अनुबन्ध भएका छन् ।
३१ वर्षीय खेलाडीका लागि साउदी क्लबले ९ करोड युरो (एडअनहरु थप) खर्च गरेको बताइएको छ । ‘मैले युरोपमा धेरै कुरा हासिल गरेँ, त्यहाँ विशेष पलहरु बिताएँ, तर म सधैँ ग्लोबल खेलाडी बन्न चाहन्थे र नयाँ ठाउँमा नयाँ चुनौती र अवसरहरु लिन चाहन्थे,’ नेयमारले भनेका छन् ।
उनी नयाँ सिजनका लागि पीएसजीका नयाँ प्रशिक्षक लुइस एनरिकेको योजनामा थिएनन् । सन् २०१७ मा विश्व कीर्तिमानी २० करोड पाउन्डमा पीएसजी पुगेका नेयमारलाई शनिबार लिग वानमा लरेन्टविरुद्धको खेलमा टोलीमा समावेश गरिएको थिएन । पीएसजीले अब हाई प्रोफाइल खेलाडीहरुलाई ठुलो रकम खर्चने ‘ग्लालेक्टिोक्स’ युगभन्दा अघि बढ्ने योजना बनाएको छ । यसअघि लियोनेल मेस्सी पनि क्लब छाडेर गइसकेका छन् ।
‘म खेलकुदमा नयाँ इतिहास लेख्न चाहन्छु, अहिले साउदी प्रो लिगमा ठुलो ऊर्जा र उत्कृष्ट खेलाडीहरु रहेका छन्,’ नेयमारले थपे ।
नेयमारले फ्रेन्च क्लबमा रहँदा वार्षिक रुपमा २.५ करोड युरो कमाई गर्थे । अब उनले साउदीमा वार्षिक रुपमा १५ करोड युरो पाउनेछन् । यो रकम पीएसजीमा रहँदाको भन्दा ६ गुणाले बढी हो । उनले क्लबसँग दुई वर्षको करार गरेका छन् ।
यो सिजन साउदी लिगमा करिम बेन्जेमा, एन’गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभेस, साडियो माने, रोबर्टो फर्मिन्हो, कालिडाउ कोलिबेलीजस्ता खेलाडीहरु पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण