६ वर्षका लागि ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउँदै सरकार
बुधबार, ३१ साउन २०८०, १० : ३०
काठमाडौँ । सरकारले ६ वर्ष लामो अवधिका लागि विकास ऋणपत्र मार्फत ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले भदौ १ गते विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो ।
सार्वजनिक सूचना गरेको कन्द्रीय बैंकले विकास ऋणपत्रको साउन ३२ गते बिहीबार बोलकबोल हुने जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पुरा गरेर ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको ब्याज अर्धवार्षिक अर्थात् ६-६ महिनामा प्रदान गरिने बैंकले जनाएको छ ।
कूल ५ अर्ब ८४ करोड ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ४ अर्ब ९६ करोड ४० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत अर्थात् ८७ करोड ६० लाख रुपैयाँ विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण