कर्णालीका अर्थमन्त्री सिंह र विपक्षी दलका नेता कँडेलबीच भेट, अवरुद्ध सदन सञ्चालनबारे छलफल
सुर्खेत । मंगलबार नेकपा एमालेले विभिन्न विषय उठाउँदै सदन अवरुद्ध गरेको छ । सोही विषयमा छलफल गर्न प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले एमाले संसदीय दलका नेता यामलाल कँडेलकै निवासमा पुगेका छन् ।
बुधवार बिहान निवासमै पुगेर अर्थमन्त्री सिंहले सदन र एमालेले संसद्का उठाएका विषयवस्तुबारे छलफल गरेका थिए ।
अवरुद्ध सदन सञ्चालन, बाढी, पहिरो, डुबानले पारेको समस्या, त्यसको समाधान र कर्णालीको हवाई उडानका विषयमा दुई नेताबीच महत्त्वपूर्ण छलफल भएको अर्थमन्त्री सिंहको सचिवालयले जानकारी दियो ।
जवाफमा नेता कँडेलले जनप्रतिनिधिका रूपमा जनसरोकारका विषय आफूहरूले उठाएको बताएका थिए । ‘त्यसलाई कसरी सम्बोधन गर्ने बाँकी काम सरकारको हो,’ कँडेलको भनाइ थियो,‘ सरकार कसरी प्रस्तुत हुन्छ ? हामी त्यही अनुसार निर्णय गर्छौँ ।’
हवाई उडानका विषयमा कर्णाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाइसकेको छ । नेता कँडेलले मन्त्रालयले मात्र नभई संस्थागत रूपमा सरकारले क्याबिनेटबाट निर्णय गरी केन्द्र सरकारलाई अनुरोध गर्नुपर्ने बताए ।
यस्तै मुख्यमन्त्री राजकुमार शर्मा पनि सुर्खेत फर्किएका छन् । शर्मा बुधवार बिहान फर्किएका हुन् । मुख्यमन्त्री शर्मा र अर्थमन्त्री सिंहबीच पनि सदनको विषयमा छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण