कर्णालीका अर्थमन्त्री सिंह र विपक्षी दलका नेता कँडेलबीच भेट, अवरुद्ध सदन सञ्चालनबारे छलफल

सुर्खेत । मंगलबार नेकपा एमालेले विभिन्न विषय उठाउँदै सदन अवरुद्ध गरेको छ । सोही विषयमा छलफल गर्न प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले एमाले संसदीय दलका नेता यामलाल कँडेलकै निवासमा पुगेका छन् ।
बुधवार बिहान निवासमै पुगेर अर्थमन्त्री सिंहले सदन र एमालेले संसद्का उठाएका विषयवस्तुबारे छलफल गरेका थिए ।
अवरुद्ध सदन सञ्चालन, बाढी, पहिरो, डुबानले पारेको समस्या, त्यसको समाधान र कर्णालीको हवाई उडानका विषयमा दुई नेताबीच महत्त्वपूर्ण छलफल भएको अर्थमन्त्री सिंहको सचिवालयले जानकारी दियो ।
जवाफमा नेता कँडेलले जनप्रतिनिधिका रूपमा जनसरोकारका विषय आफूहरूले उठाएको बताएका थिए । ‘त्यसलाई कसरी सम्बोधन गर्ने बाँकी काम सरकारको हो,’ कँडेलको भनाइ थियो,‘ सरकार कसरी प्रस्तुत हुन्छ ? हामी त्यही अनुसार निर्णय गर्छौँ ।’
हवाई उडानका विषयमा कर्णाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाइसकेको छ । नेता कँडेलले मन्त्रालयले मात्र नभई संस्थागत रूपमा सरकारले क्याबिनेटबाट निर्णय गरी केन्द्र सरकारलाई अनुरोध गर्नुपर्ने बताए ।
यस्तै मुख्यमन्त्री राजकुमार शर्मा पनि सुर्खेत फर्किएका छन् । शर्मा बुधवार बिहान फर्किएका हुन् । मुख्यमन्त्री शर्मा र अर्थमन्त्री सिंहबीच पनि सदनको विषयमा छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते