रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
बुधबार, ३१ साउन २०८०, १६ : ३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो ।
प्रतिनिधिसभा सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र केन्द्रीय सदस्य लिमा अधिकारीलगायतको वार्तामा सहभागिता रहेको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।
त्यसअवसरमा नेपाल र चीनबीच आपसी चासोका विषयमाथि छलफल भएको थियो । मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयमा पनि उनीहरूबीच छलफल भएको थियो । राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको र सोबारे यथाशीघ्र समाधानका पहल गरिने बताए ।
सभापति लामिछानेले आफ्नो दल पनि एक चीन नीतिप्रति अडिग रहेको अवगत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण