उपराष्ट्रपति यादवले गरे चिनियाँ पक्षलाई लगानी गर्न आह्वान
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरेका छन् ।
चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तले आयोजना गरेको सातौ चीन दक्षिण एसियाली प्रदर्शनी र २७ औं चीन खुमनिङ्ग आयात निर्यात मेलाका उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले दुई देश बीचको आर्थिक सम्बन्ध सुधारका लागि जलविद्युत, पर्यटन भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा नेपालमा लगानीका लागि आग्रह गरेका हुन् ।
गत सोमबार सो प्रदर्शनीको उद्घाटनका लागि चीन सरकारको निम्ताको चीनको युनान प्रान्तको खुमनिगमा आयोजित समारोहमा सहभागी हुन आएका उपराष्ट्रपति यादवले प्रदर्शनीमा सहभागी हुन पुगेका नेपाली व्यापारी, चिनियाँ ब्यापारीहरुसँग छलफल गरेका थिए ।
सोही कार्यक्रममा उपराष्ट्रपति यादव र चीनका विदेशमन्त्री वाङ यी बीच साइटलाइन भेटवार्ता भएको चीनस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपराष्ट्रपति यादव र विदेशमन्त्री वाङ यी बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका पक्षमा छलफल भएको जनाइएको छ ।
सोही समारोहमा शिक्षामन्त्री अशोककुमार राईसमेत सहभागी भएका छन् । चौथो दक्षिण एसियाली प्रविधिक फोरमको मन्त्री राई सहभागी छलफलमा शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा चीन नेपाल सहकार्य गर्ने विषयमा छलफल भएको थियो।
छलफलमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेल र युनान प्रान्तका भाइस गर्भनरबीच भेटवार्ता भएको थियो । टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीसमेत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण