नेविसंघको १२ औँ महाधिवेशन पक्षधर समूहद्वारा दुई बुँदे माग राख्दै ४७ घण्टे अल्टिमेटम
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा १२ औं महाधिवेशन सुनिश्चितता र समावेशी कार्यसमितिको माग उठेको छ । नेविसंघको १२ औँ महाधिवेशन पक्षधर समूहले माउ पार्टी कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर दुई बुँदे माग राख्दै ४८ घन्टे अल्टिमेटम दिएको हो ।
सानेपा पुगेका नेविसंघका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र विद्यार्थी नेताहरुको समूहले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल र पार्टीका नेताहरुलाई भेटेर आफ्ना माग राखेको थियो ।
सो समूहले मंगलबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई आफ्ना मागबारे ध्यानाकर्षण पत्र बुझाएको थियो । बाह्रौँ महाधिवेशनको सुनिश्चित र समावेशी समितिको माग ४८ घण्टाभित्र पूरा नभए सानेपामा रिले अनसन बस्न उक्त समूहको चेतावनी छ ।
नेविसंघ केन्द्रीय सदस्य डा. नरेश भट्ट, विनोदराज जोशी लगायतले समूहले नेविसंघ केन्द्रीय कार्यसमितिका सदस्यहरूले परित्याग गरेका पदहरुमा योग्य विद्यार्थी नेताहरुलाई समावेशी तरिकाले मनोनीत गर्नुपर्नेमा जोड दिएको छ । नेविसंघको ७११ सदस्य समितिमा केन्द्रीय ५ जना केन्द्रीय सदस्यले जिम्मेवारी अस्वीकार गरेका छन् । उनीहरूको ठाउँमा ४८ घण्टाभित्र योग्य विद्यार्थीलाई ल्याउनुपर्ने डा. भट्टले बताए ।
तत्काल नेविसंघ केन्द्रीय कार्यसमितिको बैठक बोलाइ १२औं अधिवेशनको मिति घोषणा गर्नुपर्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण