सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेविसंघको १२ औँ महाधिवेशन पक्षधर समूहद्वारा दुई बुँदे माग राख्दै ४७ घण्टे अल्टिमेटम

बुधबार, ३१ साउन २०८०, १९ : ४०
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा १२ औं महाधिवेशन सुनिश्चितता र समावेशी कार्यसमितिको माग उठेको छ ।  नेविसंघको १२ औँ महाधिवेशन  पक्षधर समूहले  माउ पार्टी कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर दुई बुँदे माग राख्दै ४८ घन्टे अल्टिमेटम दिएको हो ।

 सानेपा पुगेका नेविसंघका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र विद्यार्थी नेताहरुको समूहले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल र पार्टीका नेताहरुलाई भेटेर आफ्ना माग राखेको थियो ।

सो समूहले मंगलबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई आफ्ना मागबारे ध्यानाकर्षण पत्र बुझाएको थियो । बाह्रौँ महाधिवेशनको सुनिश्चित र समावेशी समितिको माग ४८ घण्टाभित्र पूरा नभए सानेपामा रिले अनसन बस्न उक्त समूहको चेतावनी छ । 

नेविसंघ केन्द्रीय सदस्य डा. नरेश भट्ट, विनोदराज जोशी लगायतले समूहले नेविसंघ केन्द्रीय कार्यसमितिका सदस्यहरूले परित्याग गरेका पदहरुमा  योग्य विद्यार्थी नेताहरुलाई समावेशी तरिकाले मनोनीत गर्नुपर्नेमा जोड दिएको छ ।  नेविसंघको ७११ सदस्य समितिमा केन्द्रीय ५ जना केन्द्रीय सदस्यले जिम्मेवारी अस्वीकार गरेका छन् । उनीहरूको ठाउँमा ४८ घण्टाभित्र योग्य विद्यार्थीलाई ल्याउनुपर्ने डा. भट्टले बताए ।

तत्काल नेविसंघ केन्द्रीय कार्यसमितिको बैठक बोलाइ १२औं अधिवेशनको मिति घोषणा गर्नुपर्ने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप