सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा हवाई उडान प्रतिवन्ध कुनै पूर्वाग्रह राखेर गरिएको होइनः प्राधिकरण

बिहीबार, ३२ साउन २०८०, १३ : ५४
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ । 

प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिवन्ध लगाएको स्पष्ट पारेको हो । 

प्राधिकरणले कर्णालीका विमानस्थलहरुमा पूर्णरुपमा हवाई उडान प्रतिवन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्युनिकरण गर्नका लागि यस्तो निर्णय गरेको बताए । उनले विमानस्थलहरुलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको बताए । 
उनले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरुलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको बताए । 

उनले मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधँैभरको लागि नभइ मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको बताए । उनले भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरु तत्काल आइएफआर गर्ने सम्भवना नभएको बताए । 

उनले कर्णालीमा उडानको लागि बिहान कहिलेकाहीँ मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा  प्राधिकरणले तोकेको समयमा उडान नहुँदा समस्या भएको बताए । 

उनले भने, ‘दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरुको भिएफआर उडान हुने ठाउँमा पहाडमा ठोकिएर धेरै दुर्घटना भएका छन् । यस्ता दुर्घटना न्युनिकरण गर्नका लागि जल तथा मौसम विज्ञान विभागको एउटा अध्ययन अनुसार र विमानस्थल निर्देशिका २०७९ अनुसार जुन ठाउँको अप्रेसन आउट जे छ त्यही अनुसार उडान गर्ने अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरुलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको छ । यसअधि मनाङ एयरको विमान दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरणले सुरक्षाको लागि सधैँभरीको लागि नभएर मनसुन अवधिभरका लागि भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरु जहाँ तत्काल आइएफआर गर्ने सम्भवना छैन । विमानस्थलहरुलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने भनेर साउन १९ गते प्राधिकरणले निर्णय गर्यो । त्यसपछि बिहान कहिलेकाँही मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा बिहान प्राधिकरणले तोकेको समयमा उडान भएन दिउँसोको समयमा मौसम राम्रो हुने र बिग्रने गर्दा पुरानो नियमलाई सुरक्षाको लागि जतिबेला मन लाग्यो त्यतिबेला उडान गर्न पाउनु हुँदैन । दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था भयो । जनताको सहजताको लागि बनाएको हवाई उडानबाट मान्छेहरु मर्न नपरोस् । जनताको सुरक्षाको लागि भनेर उडान बन्द गरेको हो । विमानस्थल बन्द गरेको होइन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गत साउन १९ गते गरेको थियो । उक्त निर्णयका करण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा प्रभावित छन् । अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप