बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा प्रदेश निजामती सेवा सम्बन्धी विधेयक संसदमा पेश

बिहीबार, ३२ साउन २०८०, १६ : ०८
बिहीबार, ३२ साउन २०८०

सुर्खेत । कर्णाली प्रदेशको निजामती सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश भएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बिहीबार बसेको  प्रदेशसभा बैठकमा विधेयक पेश गरेका हुन् ।

प्रदेश सरकारले संविधानको धारा २८५ अनुसार निजामती सेवा सम्बन्धी कानुन बनाउन लागेको हो । 

प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानूनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले बताए ।

‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामकरण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप