३० वटा फेसबुक आईडी ह्याक गरी साढे १४ लाख ठगी
काठमाडौँ । विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरेर नजिकका व्यक्तिहरूसँग पैसा उठाएर ठगी गर्ने ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् । सबै जनालाई हाल काठमाडौँको बसपार्क क्षेत्रको रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्था पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यो समूहले फेसबुक आईडी ह्याक गरेर उनीहरूको साथीलाई म्यासेन्जरबाट म्यासेज गरी ईसेवा र खल्तीजस्ता वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने गरेका थिए । यस समूहका सीमान्त लामाले आईडी ह्याक गर्ने गर्थे भने अमन्त लामाले विभिन्न बहानामा रकम माग गर्थे । शुभेच्छा र अनुपको काम भनेको वालेटमा आएको रकम झिक्ने काम थियो । रोहनले भने उनीहरूलाई सीमकार्ड उपलब्ध गराउने गरेको उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार हालसम्म विभिन्न व्यक्तिको ३० वटा फेसबुक आईडी उनीहरूले ह्याक गरेका थिए । हालसम्म २२ जना पीडितहरू कार्यालयको सम्पर्क आएको र हालसम्म यसबाट उनीहरूले १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर ठगी तथा विद्युतीय कारोबोर ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण