बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अरुसँगको दोस्तीले माओवादीलाई कमजोर बनायो : मातृका यादव

बिहीबार, ३२ साउन २०८०, १९ : ११
बिहीबार, ३२ साउन २०८०

सुर्खेत । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले कर्णालीले जनयुद्ध कालदेखिनै संघर्ष र योगदान पुर्‍याएको बताएका छन् । 

कर्णाली प्रदेशको इन्चार्ज भएर सुर्खेत आइपुगेका नेता यादवले पत्रकार सम्मेलनमा कर्णाली प्रदेशमा माओवादी बलियो रहेको बताए । उनले मधेस प्रदेशमा भने माओवादी कमजोर बनेको जानकारी दिए ।  

'कर्णालीमा माओवादी सबै हिसाबले बलियो पार्टी हो,' उनले भने,'मैले रोजेको ठाउँ पाएको थिएन ‌। तर, यो पटक कर्णालीमा आएको छु ।'

यादवले पार्टी कमजोर हुनको कारण दोस्ती रहेको बताएका छन् । उनले भने,'माओवादीको दोस्ती फटाहरुसँग हुन थाल्यो । दोस्तीले गर्दा हामी हरेक हिसाबले फस्दै, बिग्रिँदै गएको अवस्था छ।'

यादवले पार्टीभित्र पनि विभिन्न खालका समस्याहरु रहेको  बताए । 'अहिले पार्टीबाटै जितेर मेयर, वडाध्यक्ष बनेको व्यक्तिले पार्टीलाई नटेर्ने भयो,'उनले भने,'पार्टीप्रति हिजोको जस्तो अहिले सम्मान छैन ।'

यादवले बिहीबार नै जनयुद्धका सहिद परिवारहरुसँग पनि छलफल गरेका छन्।

यस्तै भदौ ४ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने भएका छन् ।

पार्टीको प्रशिक्षण भेलालाई सम्बोधन गर्न उनी सुर्खेत आउने यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप