अरुसँगको दोस्तीले माओवादीलाई कमजोर बनायो : मातृका यादव
सुर्खेत । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले कर्णालीले जनयुद्ध कालदेखिनै संघर्ष र योगदान पुर्याएको बताएका छन् ।
कर्णाली प्रदेशको इन्चार्ज भएर सुर्खेत आइपुगेका नेता यादवले पत्रकार सम्मेलनमा कर्णाली प्रदेशमा माओवादी बलियो रहेको बताए । उनले मधेस प्रदेशमा भने माओवादी कमजोर बनेको जानकारी दिए ।
'कर्णालीमा माओवादी सबै हिसाबले बलियो पार्टी हो,' उनले भने,'मैले रोजेको ठाउँ पाएको थिएन । तर, यो पटक कर्णालीमा आएको छु ।'
यादवले पार्टी कमजोर हुनको कारण दोस्ती रहेको बताएका छन् । उनले भने,'माओवादीको दोस्ती फटाहरुसँग हुन थाल्यो । दोस्तीले गर्दा हामी हरेक हिसाबले फस्दै, बिग्रिँदै गएको अवस्था छ।'
यादवले पार्टीभित्र पनि विभिन्न खालका समस्याहरु रहेको बताए । 'अहिले पार्टीबाटै जितेर मेयर, वडाध्यक्ष बनेको व्यक्तिले पार्टीलाई नटेर्ने भयो,'उनले भने,'पार्टीप्रति हिजोको जस्तो अहिले सम्मान छैन ।'
यादवले बिहीबार नै जनयुद्धका सहिद परिवारहरुसँग पनि छलफल गरेका छन्।
यस्तै भदौ ४ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने भएका छन् ।
पार्टीको प्रशिक्षण भेलालाई सम्बोधन गर्न उनी सुर्खेत आउने यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण