बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै संवेदनशील अंग काट्ने युवकको अवस्था मध्यम

बिहीबार, ३२ साउन २०८०, १९ : ३३
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । आफ्नै संवेदनशील अंग काटेका मकवानपुरका एक युवकको अवस्था मध्यम रहेको छ । मकवानपुर प्रहरीका अनुसार भरतपुरमा उपचाररत उनको अवस्था मध्यम (बोल्न सक्ने) रहेको छ । 

मकवानपुरगढी गाउँपालिका ७ का २२ वर्षीय ती युवाले आफ्नै संवेदनशील अंग (लिङ्ग) काटेका थिए । उनी उपचारको लागि आफै हेटौडा अस्पताल पुगेको बताइएको छ ।  त्यसपछि थप उपचारको लागि उनलाई चितवनको भरतपुर रिफर गरिएको थियो । 

अहिले उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको हो ।  

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप