बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
धरानमा डेंगु

धरानमा डेंगु संक्रमितको संख्या १२ हजार नाघ्यो, ११ को मृत्यु

बिहीबार, ३२ साउन २०८०, १९ : ५६
बिहीबार, ३२ साउन २०८०

विराटनगर । डेंगुको केन्द्रबिन्दु बनेको धरान उपमहानगरपालिकामा संक्रमितको संख्या १२ हजार नाघेको छ । 

बिहीबार साँझसम्मको विवरण अनुसार धरानमा डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ रहेको छ । जसमा ६ जना महिला र ५ जना पुरुष छन् । हालसम्म संक्रमितको संख्या भने १२ हजार १८४ पुगेको छ । 

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख उमेश मेहताले दिएको विवरण अनुसार धरानमा हालसम्म जम्मा परीक्षण १६ हजार ८४० जनाको भएको छ । जसमध्ये ७२ प्रतिशतमा डेंगु देखिएको हो । 

बिहीबारमात्रै गरिएको ३९० वटा परीक्षणमा २८७ जनामा डेंगु देखिएको उनले बताए । यो ७४ प्रतिशत हो । 

धरानमा हालसम्म सबैभन्दा धेरै वडा नम्बर ११ का ४ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ । वडा नम्बर २, ५, १०, १५, १६, १७ र १८ नम्बरमा १÷१ जना डेंगुको संक्रमणबाट मृत्यु भएको छ । धरानमा विभिन्न ८ स्थानमा डेंगुको परीक्षण भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप