धरानमा डेंगु संक्रमितको संख्या १२ हजार नाघ्यो, ११ को मृत्यु
विराटनगर । डेंगुको केन्द्रबिन्दु बनेको धरान उपमहानगरपालिकामा संक्रमितको संख्या १२ हजार नाघेको छ ।
बिहीबार साँझसम्मको विवरण अनुसार धरानमा डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ रहेको छ । जसमा ६ जना महिला र ५ जना पुरुष छन् । हालसम्म संक्रमितको संख्या भने १२ हजार १८४ पुगेको छ ।
धरान उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख उमेश मेहताले दिएको विवरण अनुसार धरानमा हालसम्म जम्मा परीक्षण १६ हजार ८४० जनाको भएको छ । जसमध्ये ७२ प्रतिशतमा डेंगु देखिएको हो ।
बिहीबारमात्रै गरिएको ३९० वटा परीक्षणमा २८७ जनामा डेंगु देखिएको उनले बताए । यो ७४ प्रतिशत हो ।
धरानमा हालसम्म सबैभन्दा धेरै वडा नम्बर ११ का ४ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ । वडा नम्बर २, ५, १०, १५, १६, १७ र १८ नम्बरमा १÷१ जना डेंगुको संक्रमणबाट मृत्यु भएको छ । धरानमा विभिन्न ८ स्थानमा डेंगुको परीक्षण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण