बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

बिहीबार, ३२ साउन २०८०, २० : १२
बिहीबार, ३२ साउन २०८०

मनहरी  । मकवानपुरको राक्सिराङमा एकजनाको खोलाले बगाएर मृत्यु भएको छ ।  राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

राक्सिराङ–७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय रेउतीखोलामा प्रजाको शव भेट्टिएको हो । खोला तर्दा प्रजालाई बगाएको अनुमान गरिएको राक्सिराङ–७ का वडाध्यक्ष रामबहादुर प्रजाले बताए ।

“मेरो भिनाजु नाता पर्नुहुन्छ, मङ्गलबार साँझ उहाँ काँकडामा हुने दिदी र बहिनीको घर जान्छु भनी खाजा खाने होटलबाट निस्कनुभएको थियो”, वडाध्यक्ष प्रजाले बताए । बुधबार बिहान रेउती खोलामा स्थानीयवासीले शव भेटेपछि प्रहरीमा खबर गरिएको वडाध्यक्ष प्रजाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप