कुकुरबीच झगडा भयो, मालिकले गोली चलाए : दुईजनाको मृत्यु, ६ जना घाइते
कुकुरका कारण निम्तिएको झगडामा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा घरपालुवा कुकुरलाई लिएर झडप भएपछि एक कुकुर मालिकले थुप्रै राउन्ड फायर गरेका छन् ।
सो गोलीबारीमा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईले जारी गरेको भिडियोमा एक व्यक्तिले आफ्नो राइफलबाट फायर गरिरहेको देखिन्छ ।
यो भिडियो स्थानीय व्यक्तिले रेकर्ड गरेका हुन् । समाचार एजेन्सी एएनआईले इन्दौरका अतिरिक्त डीसीपी अमरेन्द्र सिंहसँग कुरा गरेको छ । उक्त कुराकानीमा उनले गोली चलाउने व्यक्ति बैंकमा सेक्युरिटी गार्डको रूपमा काम गर्ने र उनको नाम राजपाल राजावत रहेको बताए ।
डीसीपी अमरेन्द्र सिंहले भने, ‘एक व्यक्ति आफ्नो कुकुरलाई घुमाइरहेका थिए र उनको कुकुरले छिमेकीको कुकुरसँग झगडा गर्यो । जसका कारण घरधनीहरुबीच झडप भएको थियो । झगडाका कारण त्यहाँ केही मानिस जम्मा भएका थिए ।’
उनका अनुसार कुकुरका मालिक सेक्युरिटी गार्ड राजपाल अचानक आफ्नो घर गए र बन्दुक लिएर पहिला हावामा फायरिङ गरे । त्यसपछि मुनी गोली चलाए । घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जनाको उपचार भइरहेको छ । गोली चलाउने राजपाल पक्राउ परेका छन् । बन्दुक समेत बरामद गरिएको छ । थप अनुसन्धान जारी छ ।
उनीहरुबीच यसअघि कहिल्यै विवाद नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण