सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघ्यो

शुक्रबार, ०१ भदौ २०८०, १८ : ३१
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघेको छ । 

गएको पुस महिनायता डेंगु संक्रमितको संख्या १५ हजार ३९४  पुगेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकमा उल्लेख गरिएको छ ।

यस्तै डेंगु संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा ११ हजार ३७८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै दोस्रोमा रहेको बागमतीमा २ हजार ४६४ जना संक्रमित छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा ४३४ जना संक्रममित भएका छन् ।

यस्तै धादिङमा १ हजार ७५६ संक्रमित भएको ईडीसीडीले जनाएको छ । हालसम्म डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप