शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधान सेनापतिद्वारा श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

शुक्रबार, ०१ भदौ २०८०, १९ : ५५
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी गणेश कुमार श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

शुक्रबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बीच शर्माले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

दर्ज्यानीसँगै निमित्त कार्यरथीको रुपमा कार्यरत उनलाई कार्यरथीमा नियुक्त गरिएको सेनाले जनाएको छ । 

उनी श्रावण ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप