प्रधान सेनापतिद्वारा श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान
शुक्रबार, ०१ भदौ २०८०, १९ : ५५
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी गणेश कुमार श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच शर्माले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
दर्ज्यानीसँगै निमित्त कार्यरथीको रुपमा कार्यरत उनलाई कार्यरथीमा नियुक्त गरिएको सेनाले जनाएको छ ।
उनी श्रावण ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण