राजमार्ग सञ्चालन गर्न सरकारले प्राथमिकता दिएको छ : मन्त्री ज्वाला
सुदूरपश्चिम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहिरोले अवरुद्ध हुनपुगेको धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
पहिरो प्रभावित भीमदत्त राजमार्गको बूढीतोला सडक खण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै मन्त्री ज्वालाले सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रतिसरकारको ध्यान गएको बताए ।
उक्त सडक खण्डमा गत साउन २२ गते राति गएको पहिरोसँगै सडकसमेत भाँसिदा झण्डै एक हप्तासम्म आवागमन ठप्प भएको थियो । पहिरो पञ्छाई केही समय यातायात आवागमन आंशिकरुपमा सञ्चालन गरिए पनि पहिरो जाने क्रम नरोकिँदा सडक समस्या भइरहेको छ । उक्त सडक खण्डमा पहिरो पञ्छाउने काम आजसम्म पनि जारी छ ।
उक्त खण्डमा दुई तर्फी यातायात सञ्चालन गर्न समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । सडक खण्डको झण्डै चारसय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको थियो भने एकसय मिटर लामो भागमा सडकमा भासिँएको थियो ।
यो राजमार्गले सुदूरपश्चिम प्रदेशका पहाड र तराईका सबै जिल्लालाई सडक सञ्जालले जोडेको छ । मन्त्री ज्वाला नेतृत्वको अनुगमन निरीक्षण टोलीमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीसमेत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण