बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
बालनिबन्ध

स्वदेशको महत्त्व

शनिबार, ०२ भदौ २०८०, १२ : ३०
शनिबार, ०२ भदौ २०८०

हाम्रो देशका मानिसहरू विदेशिएका छन् । त्यसमध्ये ८० प्रतिशत युवा जनशक्ति  पर्छन् । के हाम्रो देशमा रोजगार छैन ? कि तलब राम्रो छैन ? ल मानौँ रोजगार पनि छैन, रोजगार भए पनि राम्रो तलब छैन, के हामी स्वरोजगार बन्न सकिँदैन ? 

विदेश जाँदैमा धनी बन्न पाइँदैन, धेरै नेपाली दिदीबहिनी दाजुभाइ “जाँदा आकाशमा, आउँदा बाकसमा” परेका छन् । त्यस्तो डर हुँदा पनि उनीहरू किन विदेशमा जान्छन् ? विदेश जाने पैसा यहीँ लगानी गरेमा त्यहाँ भन्दा बढी पैसा यही स्वदेशमै कमाइन्छ । 

यहाँ ५० प्रतिशत मानिसहरू अरूको देखासिकी गरी विदेश जान्छन् । फलानाको छोराछोरी विदेश गए, मेरा छोराछोरी किन विदेश जान सकेनन् भन्छन् । यसो हुँदा बाबुआमाको दबाबमा छोराछोरी विदेश जान्छन् ।

उता, कोही फलानाका छोराछोरी गए, मेरा साथीसमेत गए भनेर बाबुआमालाई दबाबमा पारेर विदेश जाने गर्दछन् । 

विदेशमा ठुलाठुला कलकारखाना र कम्पनी हाँक्ने व्यक्तिहरूले के स्वदेशमा ती कलकारखाना हाँक्न सक्दैनन् ?

हाम्रो धेरै दाजुभाइ दिदीबहिनीहरू यो भन्छन् कि “विदेश धेरै राम्रो र परिवर्तन भइसकेको छ । तर, नेपाल परिवर्तन हुन बाँकी छ । यहाँ परिवर्तन भएपछि मात्र नेपाल फर्किन्छु” । 

म उहाँहरूलाई भन्न चाहन्छु कि “तपाईँहरू स्वदेशमा नै बस्नुहोस्, विदेश नजानुहोस् । तपाई हामी जस्ता व्यक्तिहरू मिलेर नै देश बन्छ, देश परिवर्तन हुन्छ । विदेश जाने पैसा यहीँ लगानी गर्नुहोस् र मेहनत गरेर नेपाललाई परिवर्तन गर्नतर्फ लागौँ ” । 

अहिले त जुन देशले पनि नेपाललाई कमजोर ठान्छन् तर हेर्दै जानुहोला, माहौल बनायौँ भने यहाँ नेपाली मात्र फर्किने होइन, विदेशीहरू समेत नेपालमा भित्रिनेछन् । सबै जना नेपालको अगाडि शिर झुकाउने छन् । 

स्वरोजगारका क्षेत्र धेरै छन्, जुन क्षेत्र रोजे पनि रोज्नुहोस् । तर त्यो क्षेत्रले तपाईंको उन्नति होस् र देश बदल्नका लागि मेहनत गर्ने दाजुभाइ दिदीबहिनीहरूले तपाईँलाई देखेर गर्व गर्न सकुन्, केही सिको गर्न सकुन् । 

तन मन दिनु भयो भने तपाईँको आम्दानी पनि बिस्तारै विदेशमा भन्दा नेपालमा नै बढ्दै जानेछ । तपाईँको देखासिकीले अरू पनि स्वदेश फर्किनेछन् । अनि नेपाल पनि बिस्तारै परिवर्तन हुँदै जानेछ । त्यसैले, तपाई विदेशलाई होइन, नेपाललाई नै परिवर्तन गर्न लाग्नुहोस् ।  

अब यहीँ यहाँ अर्ग्यानिक बाली उत्पादन गर्नुहोस्, ताकि देश बदल्नका लागि मेहनत गर्ने पाखुरीहरू मेहनत गर्ने बखत बिरामी भएर अस्पतालमा भर्ना हुन नपरोस् । अनि, आफ्नो श्रम, सीप र समयलाई देश बदल्नका लागि खर्च गर्न पाऊन् । 

आउनुहोस्, हामी सबै मिलेर देश परिवर्तन गर्नमा लागौँ । सबै जागौँ । जय देश, जय स्वदेश । 

लेखक सौरदीप बोर्डिङ स्कुल, बालाजु, काठमाडौँमा कक्षा ७ मा अध्ययनरत छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सार्थक पौडेल
सार्थक पौडेल
लेखकबाट थप