सात प्रदेशमा गर्ने कार्यक्रमबारे छलफल गर्न समाजवादी मोर्चाले बोलायो बैठक
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपासहितको चार दलीय ‘समाजवादी मोर्चा’को बैठक आज बस्ने भएको छ ।
बैठक साँझ ६ बजे बस्ने गरी बोलाएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्नेछ ।
गुरुङका अनुसार बैठकमा सातै प्रदेशमा गर्ने भनिएको कार्यक्रमको स्वरूप, मिति र स्थानबारे छलफल हुनेछ । यसअघि मोर्चाले साउन १२ देखि २२ सम्म सातै प्रदेशमा मोर्चाको सन्देश आम जनतासमक्ष पुर्याउन कार्यक्रम गर्ने जनाए पनि सो अनुसार कार्यक्रम तय गर्न सकेको थिएन ।
यसअघि साउन पहिलो साता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले मोर्चाको आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले सात प्रदेशमा गरिने कार्यक्रमको मिति र आचारसंहिता तयार गर्ने नेताहरूले बताएका थिए ।
चार सदस्यीय कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण