राजनीति
प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक ?
आइतबार, ०३ भदौ २०८०, १२ : १६

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरूका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
लामो समय संसद्मा जारी गतिरोध अन्त्य, विकसित राजनीति घटनाक्रम, सुशासनमा सरकारले गरिरहेको काम लगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बैठक साढे १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागिएको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेले लामो समय संसद् अवरोध गर्दा महत्त्वपूर्ण बिलहरू संसद्मा अलपत्र परेका छन् । जनताका मुद्दा ओझेलमा परेको छ ।
प्रधानमन्त्रीले एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जपाका नेताहरूलाई बैठकमा बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत