राजनीति
प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक ?
आइतबार, ०३ भदौ २०८०, १२ : १६
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरूका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
लामो समय संसद्मा जारी गतिरोध अन्त्य, विकसित राजनीति घटनाक्रम, सुशासनमा सरकारले गरिरहेको काम लगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बैठक साढे १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागिएको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेले लामो समय संसद् अवरोध गर्दा महत्त्वपूर्ण बिलहरू संसद्मा अलपत्र परेका छन् । जनताका मुद्दा ओझेलमा परेको छ ।
प्रधानमन्त्रीले एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जपाका नेताहरूलाई बैठकमा बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण