चन्द्रयान–३ चन्द्रमाबाट मात्र २५ किलोमिटर टाढा, अगस्त २३ मा अवतरण गर्ने

नयाँ दिल्ली । चन्द्रयान–३ को दोस्रो अन्तिम डीबूस्टिङ अपरेसन आइतबार बिहान १ बजेर ५० मिनेटमा पुरा भएको छ । यो अपरेसन पुरा भएसँगै चन्द्रमासँग ल्यान्डरको न्यूनतम दूरी २५ किलोमिटर र अधिकतम दुरी १३४ किलोमिटर बनेको हो ।
डीबूस्टिङमा यानको गतिलाई कम गरिन्छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले सोसल मिडिया प्ल्याटफर्म एक्समा दिएको जानकारी अनुसार अब ल्यान्डरको आन्तरिक परीक्षण हुनेछ । त्यसपछि अवतरण गर्ने स्थानमा सूर्य उदाउनका लागि प्रतीक्षा गरिनेछ । अगस्त २३ तारिखका दिन साँझ ५ः४५ मिनेटमा सबैभन्दा कम दुरी अर्थात् २५ किलोमिटरको उचाइबाट यसलाई अवतरण गर्ने प्रयास गरिनेछ ।
चन्द्रयान–१ र चन्द्रयान–२ मिसनको प्रोजेक्ट निर्देशक रहेका एम. अन्नादुरईका अनुसार २३ अगस्तको साँझ २५ किलोमिटरको उचाइबाट चन्द्रमाको सतहसम्म ल्यान्डरलाई पुग्न १५ देखि २० मिनेट लाग्नेछ । यो समय सबैभन्दा संवेदनशील हुने उनको भनाई छ ।
चन्द्रमाको सतहमा पुगेपछि विक्रम ल्यान्डरबाट र्याम्पको सहयोगमा छ चक्का भएको प्रज्ञान रोभरलाई बाहिर निकालिनेछ । इसरोबाट कमान्ड प्राप्त गरेपछि त्यो सतहमा गुड्न थाल्नेछ । त्यसपछि चन्द्रमाको सतहमा भारतको राष्ट्रिय चिह्न अशोक स्तम्भ र इसरोको लोगोको छाप छाडिनेछ ।
गत १७ अगस्तमा चन्द्रयान–३ को प्रोपल्सन मोडुललाई ल्यान्डर–रोभरबाट अलग गरिएको थियो । यस दौरान ल्यान्डरमा राखिएको क्यामराबाट प्रोपल्सन मोडुलको फोटोसहित चन्द्रमाको तस्बिर खिचिएको थियो । –दैनिक भास्करबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज