नेपाल र बंगलादेशलाई हराउँदै श्रीलंका च्याम्पियन

काठमाडौँ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सह—आयोजनामा भएको ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप—२०२३ अन्तर्गत यू-१५ र यू-१७ दुवैतर्फ मिक्स टिम स्पर्धाको उपाधि श्रीलंकाले जितेको छ ।
सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यू-१५ तर्फको स्पर्धामा नेपाललाई ३-० सेटले हराउँदै श्रीलंकाले उपाधि चुमेको हो । श्रीलंकका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१-१७, २१-१७ अंकले हराए । श्रीलंकाकी नेथ्मी रत्नायकेले नेपालकी रिहाना शेरचनलाई २१-८, २१-१३ अंकले पराजित गरिन् । श्रीलंकाका केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले नेपालका सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१-११, २१-१७ अंकले हरायो । उक्त स्पर्धामा बंगलादेश र भुटान तेश्रो भए ।
यसैगरी यू-१७ तर्फको फाइनलमा श्रीलंकाले बंगलादेशलाई ३-२ सेटले पराजित गर्यो । पहिलो खेलमा बंगालादेशका एस. एम. सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१-९, १३-२१, २१-१८ अंकले हराए । त्यसपछि श्रीलंकाका रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियोन्तीलाई २१-२, २१-४ अंकले हराउँदै खेललाई १-१ को बराबरीमा ल्याए ।
तेश्रो खेलमा बंगलादेशका राजोन मिया र एस. एम. सिफात उल्लाहको जोडीले श्रीलंकका हिरुका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१-१३, २१-१४ अंकले पराजित गर्यो । श्रीलंकाका रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र सिन्थीया कानोम प्रियान्तीको जोडीबाट वाकओभर प्राप्त गरेपछि खेल २-२ को बरावरीमा पुग्यो ।
त्यसपछि अन्तिम तथा निर्णायक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका एस. एम. सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१-११, २३-२५, २१-१० अंकले पराजित गर्दै उपाधिमाथि कब्जा जमाए । उक्त स्पर्धामा नेपाल र भुटान तेस्रो भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली