बंगलादेशको चालु घाटा तीन अर्ब तीस करोड अमेरिकी डलर
ढाका । सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२/०२३ मा बंगलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको चालू घाटा व्यहोरेको बंगलादेश बैंकका एक अधिकारीले आइतबार बताएका छन् ।
केन्द्रीय बैंकका एक अधिकारीले सिन्ह्वालाई बताएअनुसार तथ्यांकले आर्थिक वर्ष २०२२/०२३ मा तीन अर्ब ३० करोड ३४ लाख डलरको घाटा देखाएको छ । अघिल्लो वर्ष उक्त घाटा चार अर्ब ४० करोड ७५ लाख डलर रहेको थियो ।
यद्यपि रेमिटेन्सले बंगलादेशलाई चालू खाता घाटाको प्रभाव र मध्यम निर्यात आय वृद्धिको प्रभावलाई कम गर्न मद्दत गरेको छ ।
अधिकारीका अनुसार आर्थिक वर्ष २०२२/२३ मा १०० भन्दा बढी देश र क्षेत्रमा बसोबास गर्ने र काम गर्ने करिब एक करोड बंगलादेशीबाट २१ अर्ब ६१ करोड डलर विप्रेषण भित्रिएको छ ।
सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको अवधिमा दक्षिण एशियाली मुलुकको आयात भुक्तानी १५.७६ प्रतिशतले घटेर ६९ अर्ब ५० करोड डलर रहेको छ भने निर्यातबाट हुने आम्दानी ६.२८ प्रतिशतले वृद्धि भई ५२ अर्ब ३४ करोड डलर पुगेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण