एमालेविरुद्ध चौतर्फी घेराबन्दी भयो : सचिव अर्याल
आइतबार, ०३ भदौ २०८०, २१ : ००
बुटवल । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएको बताएकी छन् । उनले एमालेविरुद्धको घेराबन्दी तोड्न सबै कमिटीलाई चलायमान बनाएर अगाडि बढ्नुपर्ने बताएकी हुन् ।
बुटवालमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अर्यालले आफूले प्रदेशको जिम्मेवारी लिएर आएपछि सबै जिल्ला कमिटीलाई चलायमान बनाएको बताइन् । उनले जिल्लाबाट सदस्यता नवीकरणको काम आफूले सुरु गरेको र प्रदेश अधिवेशन पनि आफूले नै सुरुमा गर्न लागेको बताइन् ।
अर्यालले प्रदेश अधिवेशनबाट सहमतिमै नयाँ नेतृत्व छनौट गर्ने बताइन् । उनले प्रदेश कमिटीको प्रतिनिधिमा समावेशी सहभागिता र युवा सहभागितालाई विशेष ध्यान दिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण