बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेविरुद्ध  चौतर्फी घेराबन्दी भयो : सचिव अर्याल

आइतबार, ०३ भदौ २०८०, २१ : ००
आइतबार, ०३ भदौ २०८०

बुटवल । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेविरुद्ध  चौतर्फी घेराबन्दी भएको बताएकी छन् । उनले एमालेविरुद्धको घेराबन्दी तोड्न सबै कमिटीलाई चलायमान बनाएर अगाडि बढ्नुपर्ने बताएकी हुन् ।

बुटवालमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अर्यालले आफूले प्रदेशको जिम्मेवारी लिएर आएपछि सबै जिल्ला कमिटीलाई चलायमान बनाएको बताइन् । उनले जिल्लाबाट सदस्यता नवीकरणको काम आफूले सुरु गरेको र प्रदेश अधिवेशन पनि आफूले नै सुरुमा गर्न लागेको बताइन् । 

अर्यालले प्रदेश अधिवेशनबाट सहमतिमै नयाँ नेतृत्व छनौट गर्ने बताइन् । उनले प्रदेश कमिटीको प्रतिनिधिमा समावेशी सहभागिता र युवा सहभागितालाई विशेष ध्यान दिएको बताइन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप