जापानमा हुने अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा बालेनसहित तीन मेयरलाई निम्तो
सोमबार, ०४ भदौ २०८०, ११ : ५३
काठमाडौँ । जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा नेपालका तीन नगर प्रमुख सहभगाी हुने भएका छन् । कार्यक्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र परशुराम नगरपालिका प्रमुख भरत जोशीलाई सहभागिताका लागि आमन्त्रण गरिएको हो ।
उनीहरु सहभागी कार्यशालमा थिम्पु, नोम फेह, सिएम रीप, बट्टाम्बाङ, चण्डीगढ, नुसानतारा, मकासर, लुआङ प्राबाङ, कोटा किनाबालु, कुचिङ सिटी साउथ, पेनाङ, काठमाडौं, धनगढी, परशुराम, सेबु, दाभाओलगायत १८ सहरका प्रमुखलाई पनि सहभागी हुने छन् ।
संयुक्त राष्ट्र क्षेत्रीय अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त जापानको नागोयामा २९ अगस्ट र १ सेप्टेम्बरमा हुने छ । प्रशिक्षण कार्यशालामा समावेशी, लचिलो, दिगो शहर र समुदाय निर्माणका लागि स्मार्ट शहरहरूसम्बन्धी छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण