स्वस्तिमा भन्छिन्– ‘सारुकको आत्महत्याका विषयमा नम्रताले स्पष्टीकरण दिनुपर्छ’

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले अभिनेता सारुक ताम्राकारको आत्महत्याका विषयमा अभिनेत्री नम्रता श्रेष्ठले स्पष्टीकरण दिनुपर्ने बताएकी छन् । टेलिभिजन शो ‘प्रकाश सुवेदी शो’ मा अन्तर्वार्ताको क्रममा उनले शो धारणा राखेकी हुन् ।
‘सारुकको आत्महत्यामा नम्रता जोडिएका कुरा मिडियामा सुन्दा म ‘सक्ड’ भएकी थिएँ । जे मिडियामा आएको छ र जे सुनिएको छ, यदि उहाँ संलग्न हो भने स्पष्टीकरण दिनुपर्छ’, खड्काले भनिन्, ‘हामीले घरमै गएर बुझ्दा पनि कति कुरो मिडियामा नआएको पनि पायौँ । त्यसकारण पनि उहाँले स्पष्टीकरण दिनैपर्छ जस्तो मलाई लाग्छ ।’
‘मान्छे मरेर जानु भनेको त अन्तिमको कुरा हो । त्यो बाहेकको अर्को कुरो छैन’, उनी अगाडि थप्छिन्– ‘मिडियामा आउनुपर्छ भन्ने छैन । सारुकको आमा–बुबालाई वास्तविकता भन्नुपर्छ ।’ नम्रताले स्पष्टीकरण दिँदा सारुकको आमा–बुबालाई सान्त्वना मिल्ने उनको धारणा छ ।
सारुकसँग केही वर्ष अगाडि सिसन बानियाँको निर्देशन एक सर्ट फिल्ममा काम गरेको समेत बताएकी उनले सारुक एकदमै राम्रो मान्छे रहेको समेत बताएकी छिन् ।
सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीको अनुसन्धान अझै जारी छ । सेलिब्रेटीहरुले सारुकलाई आत्महत्या गर्न बाध्य पारिएको हुनसक्ने भन्दै अनुसन्धानको गहिराइमा पुग्न प्रहरीलाई दबाब समेत दिइरहेका छन् ।
आत्महत्या अगाडि सारुक अभिनेत्री नम्रता श्रेष्ठसँग फिल्म ‘ह्यासट्याग माया’ अभिनयरत थिए । उनको आत्महत्यापछि सारुक र नम्रताको रिलेसनसिपदेखि विभिन्न कुराहरू समेत बाहिर आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तिगत भिडियो सार्वजनिक गर्छु भन्दै पैसा माग्ने दुई जना पक्राउ
-
११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
-
अमेरिका र युके पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी
-
इजरायली आक्रमणपछि अमेरिकासँगको आणविक वार्ता ‘अर्थहीन’ : इरान
-
आईसीसीद्वारा दुई बलसम्बन्धी नियम र कन्कसन प्रोटोकल परिवर्तन
-
इजरायलको समर्थन गरेमा अमेरिकी, बेलायती र फ्रेन्च सैन्य अड्डाहरूमा हमला गर्ने इरानको चेतावनी