शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सङ्खुवासभा कारागार हत्या प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता

सोमबार, ०४ भदौ २०८०, १७ : ३५
सोमबार, ०४ भदौ २०८०

सङ्खुवासभा  । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी,चौकीदार कैदी सहितका १२ जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धित मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो ।

कैदी मृत्यु प्रकरणमा प्रहरी सहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदार सहित केही कैदीको संलग्नता देखिएको थियो ।   

केन्द्रीय छानबिन टोलीको प्रतिवेदन आएपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने प्रहरी नायव उपरीक्षक गोदारले बताए । कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिका– ५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधवार बिहान मृत्यु भएको थियो । घटना लगत्तै गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमल प्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली बनाएको थियो ।

गृह मन्त्रालयले छानबिन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । कैदी मृत्यु प्रकरण प्रत्यक्ष संलग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ । कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी माथि जिल्ला अदालत बाट भदौ १ गते शुक्रवार दोस्रो पटक पुन ः म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।  असई चौधरीसहित ११ जनाविरुद्ध  कर्तव्य ज्यान मुद्दामा  दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङ्खुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो । कारागार निमित्त प्रमुख  घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप