आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
अदालत

विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त

सोमबार, ०४ भदौ २०८०, १९ : १३
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । 

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसअधि सोमबार संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित गरेको थियो ।  

गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

याेसँगै श्रेष्ठ करिब १४ महिना प्रधानन्यायाधीशका रुपमा रहनेछन् ।

rr

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप