सशस्त्र प्रहरीका २ डीआईजी र १० एसएसीको सरुवा
काठमाडौँ । सशस्त्र प्रहरी बलका दुईजना नायव महानिरिक्षक (डीआईजी) र १० जना बरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई सरुवा गरिएको छ । सोमबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्रका उच्च अधिकृतहरुको सरुवा गरेका हुन् ।
डीआईजी कमल गिरीलाई प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । उनी सशस्त्रको मुख्यालय स्थित कार्य विभागमा कार्यरत थिए । अभिकुमार खत्रीलाई विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा सरुवा गरिएको छ । खत्री प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।
एसएसपी बिनोदराज श्रेष्ठलाई राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलाली, प्रवीण कँडेललाई जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भुपेन्द्र केसीलाई सशस्त्रको मुख्यालय स्थित मानव स्रोत विभागमा सरुवा गरिएको छ ।
एसएसपी कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथिभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई कार्य विभाग, उद्दवबहादुर न्यौपानेलाई पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्ग र किरण ढुंगानालाई सशसस्त्रको मुख्यालय स्थित सीमा सुरक्षा विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण