गण्डकीमा माओवादी नेताहरूको जिम्मेवारी हेरफेर, कसलाई कहाँको जिम्मेवारी(सूचीसहित)
काठमाडौँ । माओवादी केन्द्रले घोषणा गरेको विशेष अभियानलाई सफल बनाउन गण्डकी प्रदेशले केन्द्रीय सदस्य, प्रदेश सदस्यहरूको जिम्मेवारी तोकेको छ ।
प्रदेश इन्चार्ज देवेन्द्र पौडेलसहित बसेको बैठकले जिल्ला, पालिका, विभाग र जनवर्गीय संगठनको जिम्मेवारी हेरफेर गरेको हो ।
जसअनुसार यशोदा गुरुङ सुवेदीलाई नवलपुर, गोरखा, तनहुँ, लमजुङ र मनाङको जिम्मेवारी तोकिएको छ । हरि अधिकारीलाई मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङ्जाको जिम्मेवारी दिइएको छ ।
यसैगरी, जातीय मुक्ति मोर्चामा सुरेश आलेमगर, विभागमा बालकृष्ण गैरे, जनवर्गीय मुक्ति मोर्चामा प्रदेश अध्यक्ष गायत्री गुरुङ रहेकी छिन् । विभागहरूमा बालकृष्ण गैरे र कार्यालयमा अतीन्द्र केशरी न्यौपाने रहेका छन् ।
त्यस्तै, जिल्लाअन्तर्गत मुस्ताङ इन्चार्ज कपिल लामा, म्याग्दी गुप्तबहादुर ठकुरी, बाग्लुङ गोविन्द्र पौडेल, पर्वत बलावती शर्मा इन्चार्ज रहेका छन् ।
यसैगरी, कास्की नेत्र अधिकारी, स्याङ्जा राजकाजी गुरुङ, नवलपुर अमर तमु, तनहुँ शैलेश घिमिरे, गोरखा दीपक कोइराला, लमजुङ आशा कोइराला र मनाङमा बुद्धिराम गुरुङ जिल्ला इन्चार्ज रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण