शंकर पोखरेल भन्छन्– अब त अति भयो !
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा सत्ता गठबन्धनले विश्वासको मत लिने सन्दर्भमा संविधानको उल्लंघन गरेर हुर्मत लिने काम गरेको बताएका छन् । उनले सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आसन परिवर्तन गर्ने र मतदान गर्ने काम गरेर संविधानको ठाडो उलंघन गर्ने काम गरेको आरोप समेत लगाएका छन् ।
कोशी प्रदेशमा सोमबार मुख्यमन्त्री उद्दव थापाले सभाध्यक्षको समेत मत लिएर विश्वासको मत लिएपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘जबकी संविधानले बराबरी मत भएको अवस्थामा मात्र सभामुखलाई मतदानको अधिकार दिएको छ ।’
उनले यसरी पटक–पटक संविधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दाबी गर्नु ‘सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै भएको टिप्पणी समेत गरेका छन् । त्यसैले एक स्वरमा ’इनफ इज इनफ’ भन्न आव्हान समेत गरको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण