कामना सेवा विकास बैङ्कको 'तिम्रै लागि' मुद्दती र बचत खाता सार्वजनिक
काठमाडौँ । कामना सेवा विकास बैङ्कले आफ्ना ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै, आफ्नो प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुवात स्वरूप “तिम्रै लागि” मुद्दती र बचत खाता सार्वजनिक गरेको हो ।
पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्पराको सुरुवात गर्न बैङ्कले नयाँ निक्षेप योजना ल्याएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
सम्वन्धपनको महत्त्व दर्साउँदै उक्त खाता हजुरबुबा हजुरआमा, बुबा आमा, श्रीमान् श्रीमती, दाजुभाइ, दिदीबहिनी, छोराछोरी तथा नातीनातिनाहरुले आफ्नो पारिवारिक सम्बन्ध भित्र जो कसैलाई पनि उपहार स्वरूप उक्त मुद्दती खाता उपहार गर्न सकिने बैङ्कले जनाएको छ ।
न्यूनतम रु.१० हजारमा नै खोल्न सकिने मुद्दती खातामा मासिक रूपमा व्याज प्राप्त गर्न सकिनेछ । उक्त खाता खोल्दा बैङ्कको मोबाइल तथा इन्टरनेट बैङ्किङ, लकर सुविधा र डेबिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ । उक्त मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशत सम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ । उपहारको नयाँ परम्पराको सुरुवात गर्नको लागि ल्यार्ईएको उक्त खातामा आवश्यकता अनुसार थप रकम जम्मा गर्दै समेत जान सकिने समेत विशेषता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण