शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

राष्ट्रिय सभा बैठकको समय परिवर्तन

मङ्गलबार, ०५ भदौ २०८०, १३ : ०१
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । आज बस्ने राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ । मंगलबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने सङ्घीय संसद् सचिवालयले सूचना निकालेर जानकारी गराएको छ । सङ्घीय सांसदका महासचिव डा. भरतराज गौतमले १ बजेको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जानकारी दिए  । 

प्रतिनिधि सभाको बैठक पनि आजै दिउँसो ३ बजे बस्दैछ । त्यसअघि दलहरूबिच सदन सुचारु गर्नेबारे सहमति हुँदैछ । सोमबार राति भएको छलफलमा एमालेको माग बमोजिम तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको थियो । सोही अनुसार एमाले, कांग्रेस र माओवादीका एक/एक जना नेता रहनेगरी कार्यदल गठन भएको  छ । उक्त कार्यदलले आयोगको टिओआर तयार पार्ने र त्यसलाई शीर्ष नेताले अनुमोदन गर्ने तयारी छ । सोमबार भएको सहमतिअनुसार एमालेले आजबाट सदन चल्न दिने बताइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप