राष्ट्रिय सभा बैठकको समय परिवर्तन
काठमाडौँ । आज बस्ने राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ । मंगलबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने सङ्घीय संसद् सचिवालयले सूचना निकालेर जानकारी गराएको छ । सङ्घीय सांसदका महासचिव डा. भरतराज गौतमले १ बजेको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक पनि आजै दिउँसो ३ बजे बस्दैछ । त्यसअघि दलहरूबिच सदन सुचारु गर्नेबारे सहमति हुँदैछ । सोमबार राति भएको छलफलमा एमालेको माग बमोजिम तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको थियो । सोही अनुसार एमाले, कांग्रेस र माओवादीका एक/एक जना नेता रहनेगरी कार्यदल गठन भएको छ । उक्त कार्यदलले आयोगको टिओआर तयार पार्ने र त्यसलाई शीर्ष नेताले अनुमोदन गर्ने तयारी छ । सोमबार भएको सहमतिअनुसार एमालेले आजबाट सदन चल्न दिने बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण