शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रिक्त पदहरूको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

मङ्गलबार, ०५ भदौ २०८०, १५ : ०१
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २६ वटा स्वास्थ्य संस्थालाई रिक्त पद विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालय मातहतका अस्पताल विभागलाई पत्र लेख्दै  मन्त्रालयले रिक्त रहेका पदहरूको विवरण उपलब्ध गराउन  निर्देशन दिएको हो ।

‘सेवा समूह र उपसमूहका छुट्टाछुट्टै पानामा संलग्न गरी रिक्त पदहरूको पदपूर्ति गर्ने प्रयोजनको लागि एकीकृत विवरण सहितको माग आकृति फारम भरी यही १० भदौभित्र उपलब्ध गराइदिनु हुन आग्रह छ ।’

लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आव २०८०/८१ मा मन्त्रालय अन्तर्गत रिक्त रहेका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका सबै सेवा, समूह र उपसमूहका रिक्त पद विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप