रिक्त पदहरूको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
मङ्गलबार, ०५ भदौ २०८०, १५ : ०१
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २६ वटा स्वास्थ्य संस्थालाई रिक्त पद विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालय मातहतका अस्पताल विभागलाई पत्र लेख्दै मन्त्रालयले रिक्त रहेका पदहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
‘सेवा समूह र उपसमूहका छुट्टाछुट्टै पानामा संलग्न गरी रिक्त पदहरूको पदपूर्ति गर्ने प्रयोजनको लागि एकीकृत विवरण सहितको माग आकृति फारम भरी यही १० भदौभित्र उपलब्ध गराइदिनु हुन आग्रह छ ।’
लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आव २०८०/८१ मा मन्त्रालय अन्तर्गत रिक्त रहेका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका सबै सेवा, समूह र उपसमूहका रिक्त पद विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण