पाकिस्तान : ९ सय फिटको उचाइमा केबलकारमा फसे विद्यालय जान लागेका ६ बालबालिका, उद्धार कार्य जारी
मङ्गलबार, ०५ भदौ २०८०, १६ : २८
पाकिस्तानको खैबर पख्तुनख्वाको अलाई उपत्यकामा केबलकारमा आठ जना फसेका छन् । यी बालबालिका विद्यालय गइरहेका बेला केबलको तार लत्रियाे र उनीहरू सबै ९०० फुटको उचाईमा फसे । फसेका मध्ये ६ जना बालबालिका छन् ।
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवारुल हक काकरले बट्टग्राममा भएको घटनामा परेका मानिसहरूलाई तुरुन्तै सहयोग गर्न अपिल गरेका छन् । सेनाको हेलिकप्टर केबलकारमा पुगेको छ तर थप जानकारी आउन बाँकी छ ।
पाकिस्तानी समाचार वेबसाइट डनको समाचार अनुसार यी मानिसहरू फसेको करिब चार घण्टापछि सेनाको हेलिकप्टर पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण