मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तान : ९ सय फिटको उचाइमा केबलकारमा फसे विद्यालय जान लागेका ६ बालबालिका, उद्धार कार्य जारी

मङ्गलबार, ०५ भदौ २०८०, १६ : २८
मङ्गलबार, ०५ भदौ २०८०

पाकिस्तानको खैबर पख्तुनख्वाको अलाई उपत्यकामा केबलकारमा आठ जना फसेका छन् । यी बालबालिका विद्यालय गइरहेका बेला केबलको तार लत्रियाे र उनीहरू सबै ९०० फुटको उचाईमा फसे । फसेका मध्ये ६ जना बालबालिका छन् ।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवारुल हक काकरले बट्टग्राममा भएको घटनामा परेका मानिसहरूलाई तुरुन्तै सहयोग गर्न अपिल गरेका छन् । सेनाको हेलिकप्टर केबलकारमा पुगेको छ तर थप जानकारी आउन बाँकी छ ।

पाकिस्तानी समाचार वेबसाइट डनको समाचार अनुसार यी मानिसहरू फसेको करिब चार घण्टापछि सेनाको हेलिकप्टर पुगेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप