छात्र वृद्धिमा इजिप्टमा अध्ययन गर्न जानेको नाम सिफारिस
मङ्गलबार, ०५ भदौ २०८०, १७ : ०५
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्र वृद्धिमा इजिप्टमा अध्ययन गर्न जानेको नाम सिफारिस गरेको छ ।
आयोगले मंगलबार सूचना जारी गर्दै एमडी, एमबीबीएस अध्ययन गर्न जानेको नाम सिफारिस गरेको हो ।
मंगलबार योग्य उम्मेदवारको भौतिक उपस्थितिमा भएको म्याचिङ कार्यक्रमबाट ५ जनालाई छनौट गरी सिफारिस गरिएको जनाएको छ ।
आयोगले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २९ साउनमा आएको पत्रअनुसार रिक्त आज छनौट गरिएको हो ।
सूचनामा ‘इजिप्ट सरकारले यस सम्बन्धमा निर्धारण गरेका आवश्यक सम्पूर्ण प्रक्रियाहरू उम्मेदवार स्वयमले पूरा गर्नुपर्नेछ ,’ सूचनामा भनिएको छ ।
सिफारिस भएका उम्मेदवारहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखा, सानोठिमी, भक्तपुरमा यथाशीघ्र सम्पर्क गर्न उपसचिव दामोदर फुयलद्वारा जारी गरिएको सूचनामा उल्ले छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण