मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

छात्र वृद्धिमा इजिप्टमा अध्ययन गर्न जानेको नाम सिफारिस

मङ्गलबार, ०५ भदौ २०८०, १७ : ०५
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्र वृद्धिमा इजिप्टमा अध्ययन गर्न जानेको नाम सिफारिस गरेको छ ।

आयोगले मंगलबार सूचना जारी गर्दै एमडी, एमबीबीएस अध्ययन गर्न जानेको नाम सिफारिस गरेको हो ।

मंगलबार योग्य उम्मेदवारको भौतिक उपस्थितिमा भएको म्याचिङ कार्यक्रमबाट ५ जनालाई  छनौट गरी सिफारिस गरिएको जनाएको छ ।

आयोगले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २९ साउनमा आएको पत्रअनुसार रिक्त आज छनौट गरिएको हो ।

सूचनामा ‘इजिप्ट सरकारले यस सम्बन्धमा निर्धारण गरेका आवश्यक सम्पूर्ण प्रक्रियाहरू उम्मेदवार स्वयमले पूरा गर्नुपर्नेछ ,’ सूचनामा भनिएको छ । 

सिफारिस भएका उम्मेदवारहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखा, सानोठिमी, भक्तपुरमा यथाशीघ्र सम्पर्क गर्न उपसचिव दामोदर फुयलद्वारा जारी गरिएको सूचनामा उल्ले छ ।

aayog

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप