सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् प्रधानन्यायाधीश श्रेष्ठको पद बहाली
अदालत

तस्बिरमा हेर्नुहोस् प्रधानन्यायाधीश श्रेष्ठको पद बहाली

मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । मंगलबार सर्वोच्च अदालतमा पुगेर श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । श्रेष्ठलाई सर्वोच्चमा कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । 

यसअघि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।  समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो ।
  
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति  पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेर आज शसप गराएका हुन्। संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो ।

श्रेष्ठ विसं २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया