उच्च र जिल्ला न्यायाधीश नियुक्तिका लागि भोलिदेखि नै पहल थाल्छु : प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च र जिल्ला अदालतमा रिुक्त न्यायाधीश नियुक्तिका लागि बुधबारदेखि नै पहल थाल्ने बताएका छन् । पदभार ग्रहणलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति आफ्नो प्राथमिकतामा रहेका बताएका हुन् ।
राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिई सर्वोच्च अदालतमा कार्यभार सम्हालेलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्ति आफ्नो प्राथमिकतामा रहेको बताए । न्यायाधीश नियुक्तिका सम्बन्धमा सञ्चारकर्मीको प्रश्नमा प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीशका कारण न्याय प्रवाहमा समस्या भइरहेको छ । रिक्त न्यायाधीशको पदपूर्तिका लागि म भोलि (बुधबार)देखि नै पहल थाल्छु । जतिसक्दो छिटो न्यायाधीश नियुक्ति हुन्छ ।’
त्यसैगरी प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक अदालत गठनका लागि पनि पहले गर्ने बताएका छन् । आफ्नो कार्ययोजनामै पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापनाको प्रस्ताव गर्ने उल्लेख गरेका श्रेष्ठले पारिवारिक अदालतको सम्बन्धमा गरिएको प्रस्ताव अहिले कानुन मन्त्रालयमा रहेको भन्दै सरकारबाट अनुमति प्राप्त भएलगत्तै फेमिली कोर्ट स्थापना गर्ने बताए । फेमिली कोर्ट स्थापना नहुँदाको समयमा पनि महिला तथा बालबालिका, यौन अपराधसँग सम्बनिधत घटना, फरक क्षमता भएका, असाहाय तथा वृद्धको लागि उपत्यकाका तीनै जिल्लाबाट डेडिकेटेड बेञ्च सुरु गर्ने घोषणा गरेका छन् ।
त्यस्तै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिने गरी काम गर्ने बताएका छन् । न्यायालयप्रति जनताको आस्था भएन भने न्यायको आश पनि मर्ने भन्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रति जनआस्था जगाउने गरी काम गर्ने बताए । न्यायपालिकाबाट हुने फैसला वा आदेशका वा कुनै घटनाको छाप जनता र समाजमा लामो समयसम्म परिरहने भन्दै न्यायपालिकाप्रति गलत छाप परेको भए त्यसलार्य हटाउने गरी न्यायपालिकाले काम गर्नुपर्ने र आफूले त्यो गलत छाप हटाउने गरी काम गर्ने बताए । यद्यपि न्यायपालिकाप्रति अविश्वास नभएर अगाध आस्था र विश्वास छ भन्ने नै आफूले बुझेको प्रधानन्यायाधीश श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण