सशस्त्र प्रहरीका ८४ जना इन्स्पेक्टरहरु डीएसपीमा बढुवा सिफारिस
सेवा प्रवेशको १७ वर्षमा बढुवा
मङ्गलबार, ०५ भदौ २०८०, १९ : २१
काठमाडौँ । सशस्त्र प्रहरी बलका ८४ जना इन्स्पेक्टरलाई नायब उपरीक्षक (डीएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा बावुराम थापा छन् । डिएसपीमा बढुवा सिफारिस भएका अधिकृतहरु २०६४ सालमा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका थिए । सेवा प्रवेश गरेको १७ औं वर्षमा उनीहरू बढुवा सिफारिस भएका हुन् । बढुवा सूचि अनुसार २०६७ मा भर्ना भएका इन्स्पेक्टरहरु पनि बढुवा सिफारिस भएका छन् ।
पछिल्लो बढुवा सिफारिसले १७ वर्षदेखि जाम भएको बढुवा सुचारु भएको सशस्त्र प्रहरीका अधिकारीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण