थाई एयरवेजले नोभेम्बरबाट पुनः काठमाडौँ उडान सुरु गर्ने, सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल नियुक्त
काठमाडौं । थाई एयरवेजले आगामी नोभेम्बरदेखि नेपालबाट नियमित उडान सुरु गर्ने भएको छ ।
बैंककस्थित मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनलले नेपालको सेल्स एजेन्ट हेर्ने गरी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नियुक्त गरेको हो ।
उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू कम्पनीले जानकारी दिएको छ ।
सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थल स्थित सेवाहरू उपलब्ध गराउने छ ।
थाई एयरवेज इन्टरनेशनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण २०२० अप्रिलदेखि काठमाडौंका लागिसम्पूर्ण उडान रोकेको थियो । सोही कम्पनीले तीन वर्षपछि नेपालमा पुनः नियमित उडान सुरु गर्न लागेको हो ।
कम्पनीले सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान गरेको थियो । थाई एयरवेज इन्टरनेशनलले थाइल्याण्डमा विदेशी पर्यटन प्रवर्द्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुसार नेपाली जनतामा थाई एयरवेजको सेवा र सुविधाको उपस्थितिलाई थप सुदृढ गर्दै नेपाली बजारमा रहेको अवसरको सदुपयोग गर्न चाहेको बताएको छ ।
थाई एयरवेज इन्टरनेशनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पुनः सञ्चालनमा ल्याउन पाउँदा अत्यन्त खुसी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण