डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला गरिने

भक्तपुर । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ ।
डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।
यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी श्रावणी मेला सुरु गर्ने गरिनछ । आजकै दिन डोलेश्वरको विशेष पूजाअर्चना गरी मेलाको समापन गरिँदै आएको महासचिव बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च नभएको रकमको वैशाखीमा प्रदेशको बजेट : ठुलो आकार, कमजोर आधार
-
संसद्बाट निलम्बित भएका संसदीय दलका नेता किन ?
-
ट्रम्पले सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा
-
ग्रिन्सबोरोको प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा
-
तीनवटा वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?