बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एनएमबि बैङ्कद्वारा धुलिखेल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरू  हस्तान्तरण

बुधबार, ०६ भदौ २०८०, ११ : ५८
बुधबार, ०६ भदौ २०८०

काभ्रे । एनएमबि बैङ्क लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा बैङ्कका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम केएम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । बैङ्कले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तान्तरण गरेको छ । बैङ्कले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्‍याउनुका साथै बिरामीहरूलाई उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ ।

एनएमबि बैङ्क विगत २७ वर्ष देखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैङ्कबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैङ्क दिफिनान्सियल टाईम्स, लण्डनको ‘ द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैङ्कको उपाधि “‘बैङ्क अफ दिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको थियोे । एनएमबि बैङ्कले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैङ्कको उपाधि बैङ्क अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैङ्कले हाल देशभरी २०१ शाखाहरु, १४३ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Dhulikhel Hospital CSR (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप