सत्ताको सौदाबाजीमा भ्रष्टाचारका चर्चित काण्ड ढिसमिस हुन सक्छन् : भीमार्जुन आचार्य
काठमाडौँ । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा.भीमार्जुन आचार्यले भ्रष्ट्राचारसम्बन्धी मुद्दामा सरकारको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाएका छन् । सुशासनको पक्षमा सरकारले सुरुमा उत्साहजनक काम गरे पनि पछिल्लो समय अनुसन्धान गर्ने निकाय निष्पक्ष नदेखिएको उनले आरोप लगाएका हुन् ।
अनुसन्धान अधिकृतले आरोपीहरू बीचमा नै विभेद गरेको जिकिर गर्दै कानुन र विधिको शासनमा त्यस्तो नहुने उनले तर्क गरे । अनुसन्धान कार्य फितलो हुनुमा शक्तिको दबाब र पूर्वाग्रही नीति रहेको आचार्यले जिकिर गरे ।
‘विधिको शासनमा कार्यालय सहयोगीदेखि प्रधानमन्त्रीसमेत समान मानिन्छ । जुन व्यक्ति अनुसन्धानको दायरामा आए उनीहरूलाई पनि एक खालको पीडा हुने भयो । अन्यथा आरोपीले उन्मुक्ति पाउने भए । यो राम्रो भएन । यसका दुईवटा कारण छन्’, रातोपाटीसँग कुराकानी गर्दै आचार्यले भने, ‘पहिलो भोलि आफूतिर पनि तिर सोझिन सकिने कुराको हेक्का राखेको जस्तो लाग्यो । दोस्रो शक्तिका कारण हुनसक्छ । दुईवटा पूर्व प्रधानमन्त्रीको नाम मुछिएपछि गठबन्धन तलमाथि हुनसक्छ । यहाँ सौदाबाजी गरेको प्रस्ट देखियो ।’
सरकारले अगाडि बढाएको अनुसन्धान प्रक्रिया निष्कर्षमा पुग्नेमा पनि उनले आशंका व्यक्त गरे । मिलेमतोमा चर्चित काण्डहरू त्यतिकै ढिसमिस हुन सक्ने आशंका व्यक्त गर्दै उनले सरकारी वकिलमार्फत आरोप पत्र दर्ता भइसकेपछि कि त अदालतको आदेश लिएर प्रतिवादी कायम गर्नुपर्ने कि त नयाँ अनुसन्धान प्रक्रिया अगाडि बढाउन सकिने तर्क गरे । तर यी दुवै प्रक्रिया अगाडि बढ्ने सम्भावना न्यून रहेको उनको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण