‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ ल्याउँदै जीतु नेपाल
काठमाडौँ । यस वर्षको गाईजात्रा नजिकिँदै गर्दा हाँस्य कलाकार जीतु नेपाल पनि गाईजात्राका केही कार्यक्रम गर्ने तयारीमा छन् । यो पटक उनले स्टेज तथा डिजिटल प्लेटफर्म दुवै मार्फत गाईजात्रा प्रस्तुति दिनेछन् ।
स्टेज कार्यक्रमको रुपमा उनी केही कमेडी साथीहरुसँग मिलेर ‘रुस्लान कमेडी यात्रा’ मार्फत देशको विभिन्न स्थानमा पुग्दैछन्, भने डिजिटलमा ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ नामक कार्यक्रम समेत ल्याउँदै छन् ।
‘रुस्लान कमेडी यात्रा’ भदौ १४प पछि सुरु हुनेछ । ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ भने भदौ ७ अर्थात भोलि बिहीबारदेखि २० भदौसम्म आफ्नो युट्युब च्यानलबाट हरेक दुई दिनमा आधा घण्टाको कार्यक्रम ल्याउनेछन् ।
‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ उनको अलवा सुरेन्द्र केसी (मुलासाग), दमन रूपाखेती, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), दिनेश काफ्ले, प्रभात लामा, विपना थापा (नक्कल हिसिला), एलिना बास्कोटालगायतका कलाकारको समेत प्रहसन रहनेछ ।
‘यस वर्ष काठमाडौँको प्रज्ञा प्रतिष्ठानमै कार्यक्रम गर्न मन लागेको थियो’, जीतुले भने ‘स्पोन्सर जुटाउन गाहे छ । प्रतिष्ठानको खर्च धेरै आउँछ ।’ उनले यो बर्ष युट्युबमा ल्याएको आफ्नो गाईजात्राको चर्चा र सफल खण्डमा अर्को वर्ष स्टेजमै सप्ताहव्यापी गाईजात्रे कार्यक्रम उनको सोच रहेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण