नेप्से सूचक २९ अंकले बढ्यो, १ अर्ब ५१ करोडको कारोबार
बुधबार, ०६ भदौ २०८०, १५ : ०९
काठमाडौँ । बुधबार पनि नेप्से सूचक उकालो लागेको छ । अघिल्लो दिन १७ अंकले बढेकोमा आज थप २९.४७ अंकले बढ्दै नेप्से सूचक २ हजार ४५.४५ अंकको विन्दुमा उक्लिएको हो ।
क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ४.३० अंकले बढ्दै ३९०.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
समग्रमा २९ अंकले बढेको बजारमा आज १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज पनि १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ ।
कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज पनि ९.९९ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्डको मूल्य ९.६४ प्रतिशतले बढेको र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको मूल्य ७.४२ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण