शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ह्याम्स अस्पताल र द क्लिफबीच व्यावसायिक साझेदारीको सम्झौता

बिहीबार, ०७ भदौ २०८०, १४ : ४०
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । नेपालको पर्यटन क्षेत्रमा एड्भेञ्चर हबको रूपमा परिचित द क्लिफ नेपाल र स्वास्थ्य सेवाको क्षेत्रमा चर्चित ह्याम्स अस्पतालबीच व्यावसायिक साझेदारीको सम्झौता भएको छ । ह्याम्स अस्पतालका कर्मचारी तथा सदस्यलाई क्लिफमा र क्लिफका कर्मचारी तथा सदस्यलाई ह्याम्स अस्पतालको सेवा सुविधामा विशेष छुट दिनेगरी सम्झौता भएको हो । 

साथै यी दुई संस्थाले एक अर्काको व्यावसायिक बजारीकरणमा समेत हातेमालो गर्ने प्रतिबद्धता सम्झौतामा उल्लेख गरेका छन् । हालै एक कार्यक्रमकाबीच अस्पतालका अध्यक्ष आरएस भण्डारी र क्लिफका अध्यक्ष राजु कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ह्याम्स अस्पतालले क्लिफका कर्मचारी तथा सदस्यलाई ओपीडी तथा आइपीडी सेवामा १० प्रतिशत छुट, फार्मेसीमा ५ प्रतिशत र हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत छुट दिनेछ भने ह्याम्सले द क्लिफका कर्मचारी र सदस्यहरूको लागि हेल्थ अवारनेस प्रोग्राम गर्ने बताइएको छ ।

यस्तै द क्लिफले ह्याम्स अस्पतालका सदस्य तथा कर्मचारीलाई हरेक सेवा तथा सुविधामा १५ प्रतिशत छुट दिने छ । द क्लिफले ह्याम्स अस्पताललाई मेडिकल पार्टनरको रूपमा बजारीकरण गर्ने सम्झौतामा उल्लेख छ ।  

क्लिफमा हुने हरेक कार्यक्रममा ह्याम्स अस्पताललाई हेल्थ पार्टनरको रूपमा प्रवर्द्धन गरिनेछ । द क्लिफको वेबसाइटमा समेत ह्याम्स अस्पतालको लोगो राखिने सम्झौतामा उल्लेख छ । साथै सम्झौता पश्चात् सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनमा समेत ह्याम्स र क्लिफको प्रवर्द्धन गरिने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप