ह्याम्स अस्पताल र द क्लिफबीच व्यावसायिक साझेदारीको सम्झौता
काठमाडौँ । नेपालको पर्यटन क्षेत्रमा एड्भेञ्चर हबको रूपमा परिचित द क्लिफ नेपाल र स्वास्थ्य सेवाको क्षेत्रमा चर्चित ह्याम्स अस्पतालबीच व्यावसायिक साझेदारीको सम्झौता भएको छ । ह्याम्स अस्पतालका कर्मचारी तथा सदस्यलाई क्लिफमा र क्लिफका कर्मचारी तथा सदस्यलाई ह्याम्स अस्पतालको सेवा सुविधामा विशेष छुट दिनेगरी सम्झौता भएको हो ।
साथै यी दुई संस्थाले एक अर्काको व्यावसायिक बजारीकरणमा समेत हातेमालो गर्ने प्रतिबद्धता सम्झौतामा उल्लेख गरेका छन् । हालै एक कार्यक्रमकाबीच अस्पतालका अध्यक्ष आरएस भण्डारी र क्लिफका अध्यक्ष राजु कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ह्याम्स अस्पतालले क्लिफका कर्मचारी तथा सदस्यलाई ओपीडी तथा आइपीडी सेवामा १० प्रतिशत छुट, फार्मेसीमा ५ प्रतिशत र हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत छुट दिनेछ भने ह्याम्सले द क्लिफका कर्मचारी र सदस्यहरूको लागि हेल्थ अवारनेस प्रोग्राम गर्ने बताइएको छ ।
यस्तै द क्लिफले ह्याम्स अस्पतालका सदस्य तथा कर्मचारीलाई हरेक सेवा तथा सुविधामा १५ प्रतिशत छुट दिने छ । द क्लिफले ह्याम्स अस्पताललाई मेडिकल पार्टनरको रूपमा बजारीकरण गर्ने सम्झौतामा उल्लेख छ ।
क्लिफमा हुने हरेक कार्यक्रममा ह्याम्स अस्पताललाई हेल्थ पार्टनरको रूपमा प्रवर्द्धन गरिनेछ । द क्लिफको वेबसाइटमा समेत ह्याम्स अस्पतालको लोगो राखिने सम्झौतामा उल्लेख छ । साथै सम्झौता पश्चात् सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनमा समेत ह्याम्स र क्लिफको प्रवर्द्धन गरिने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण