शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वार्थ समूह हाबी हुँदा सञ्चार मन्त्रायलमा कानून बनाउन समस्या भयोः मन्त्री शर्मा

बिहीबार, ०७ भदौ २०८०, १५ : ३६
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानून बनाउन समस्या भएको बताएकी छन् । .

बिहीवार मिडिया एड्भोकेसी गु्रपले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरु भएकाले कानून निर्माणमा समस्या भएको बताएकी हुन् । 

उनले साइबर ऐन तथा सूचना सम्बन्धि विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताइन् । उनले मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल शुरु हुने बित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानूनको अपव्याख्या शुरु गरेको बताइन् । उनले कानूनको अपव्याख्या र खरो रुपमा प्रहार गर्ने गरिएको भन्दै मन्त्रालयमा बसेर कानून बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको दाबी गरिन् । 

मन्त्री शर्माले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा एक पटक स्टेक होल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउने बताइन् । उनले मन्त्रालयले कानून बनाउन विभिन्न समस्या झेलिरहेको बताइन् । उनले मन्त्रालयले छुट्टाछुटै विषयमा विधेयक ल्याएर कानून बनाउने तयारी गर्न आवश्यक देखिएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप