स्वार्थ समूह हाबी हुँदा सञ्चार मन्त्रायलमा कानून बनाउन समस्या भयोः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानून बनाउन समस्या भएको बताएकी छन् । .
बिहीवार मिडिया एड्भोकेसी गु्रपले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरु भएकाले कानून निर्माणमा समस्या भएको बताएकी हुन् ।
उनले साइबर ऐन तथा सूचना सम्बन्धि विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताइन् । उनले मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल शुरु हुने बित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानूनको अपव्याख्या शुरु गरेको बताइन् । उनले कानूनको अपव्याख्या र खरो रुपमा प्रहार गर्ने गरिएको भन्दै मन्त्रालयमा बसेर कानून बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको दाबी गरिन् ।
मन्त्री शर्माले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा एक पटक स्टेक होल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउने बताइन् । उनले मन्त्रालयले कानून बनाउन विभिन्न समस्या झेलिरहेको बताइन् । उनले मन्त्रालयले छुट्टाछुटै विषयमा विधेयक ल्याएर कानून बनाउने तयारी गर्न आवश्यक देखिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण