नेयमारले भारतमा खेल्ने !
काठमाडौँ । एसियन च्याम्पियन्स लिगको समूहगत चरणमा साउदी अरेबियाको क्लब अल हिलाल र भारतको मुम्बई सिटी एउटै समूहमा परेका छन् । यी दुबै क्लब एसियन च्याम्पियन्स लिगको समूह ‘डी’ मा रहेका छन् ।
ब्राजिलियन फुटबल स्टार नेयमार हाल साउदी क्लब अल हिलालबाट व्यवसायिक फुटबल खेल्छन् । उनी यसै सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर साउदी क्लबमा आबद्ध भएका हुन् । त्यसैले एसियन च्याम्पियन्स लिगमा मुम्बई सिटीविरुद्घको खेल खेल्न अल हिलालसँगै ३१ वर्षीय नेमार पनि भारत आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यद्दपि, अल हिलालले यस विषयमा केही बताएको छैन । एसियन च्याम्पियन्स लिगको उक्त खेल पुणेमा खेलिने छ । मुम्बई सिटीको घरेलु मैदान भने अन्धेरी स्पोर्टस कम्प्लेक्स हो । तर, त्यो रंगशाला एसियन च्याम्पियन्स लिगको मापदण्ड अनुसारको नरहेकाले खेल पुणेमा खेलाउन लागिएको हो ।
एसियन च्याम्पियन्स लिगको समूहगत चरणको खेल आगामी सेप्टेम्बर १८ तारिखदेखि सुरु हुँदैछ । तर, मुम्बई सिटी र अल हिलालबीचको खेलको मिति भने सार्वजनिक भइसकेको छैन । समूह ‘डी’ मा अल हिलाल र मुम्बई सिटीका अतिरिक्त उज्बेकिस्तानको नभबाहोर र इरानको नस्साजी मजानदरान पनि रहेका छन् ।
स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाका पूर्वखेलाडी नेयमारले हालसम्म भारतमा कुनै खेल खेलेका छैनन् । एसियन च्याम्पियन्स लिगमा अल हिलाल बलियो क्लब हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण